टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने संकेत गरेका छन् । राष्ट्रपति निर्वाचनको अभियानका क्रममा टिकटकमा आफूले अर्बाैं भ्युज पाएको उनले बताएका छन् । एरिजोनाको फिनिक्समा आयोजित एक कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् ।
सुरक्षाको कारण भइरहेछ प्रतिबन्ध लगाउने तयारी
राष्ट्रिय सुरक्षाको कारणले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । यस वर्ष अप्रिलमा अमेरिकी संसदमा एउटा कानुन पारित भएको थियो, जसमा टिकटकको माउ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटकको व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न भनिएको थियो । यो मुद्दा हाल अमेरिकाको सर्वोच्च अदालतमा विचाराधीन पनि छ । सर्वोच्च अदालतले पनि टिकटकको विपक्षमा फैसला सुनाइदियो भने अमेरिकामा जनवरी १९ देखि टिकटकमाथि प्रतिबन्ध लाग्न सक्छ ।
डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । ट्रम्पलाई टिकटक प्रतिबन्धको बारेमा सोध्दा उनले छिट्टै यस विषयमा सोच्ने बताएका थिए । राष्ट्रपतिको चुनावी अभियानमा टिकटकको प्रयोग गरिएको र यसमा जर्बजस्त समर्थन पाएको उनले बताएका थिए । यसलाई केही समय जारी राख्नुपर्छ भन्ने आफूलाई लागेको ट्रम्पले बताएका थिए ।
टिकटकमाथि लागेका छन् यस्ता आरोप
ट्रम्पले सोमबार टिकटकका सीईओलाई पनि भेटेका थिए । आफ्नो अभियानको सफलताका कारण आफ्नो मनमा टिकटकले ठाउँ बनाएको सो भेटपछि उनले भनेका थिए । अमेरिकी न्याय मन्त्रालयले चाहिँ टिकटक चीनको नियन्त्रणमा रहेको अनि यो राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जिकिर गर्दै आएको छ । धेरैजसो अमेरिकी सांसदहरू पनि यस्तै विश्वास गर्छन् । तर, टिकटकले चाँहि मन्त्रालयले चीनसँग एपको सम्बन्धलाई गलत रूपमा प्रस्तुत गरेको तर्क दिँदै आएको छ । आफूहरूले अमेरिकी टिकटक प्रयोगकर्ताहरूको सारा डेटा अमेरिकामा मात्रै भण्डारण गरेको अनि यो काम ओरेकल कर्पाेरेशनले गर्दै आएको भनिरहेको छ । प्रयोगकर्ताहरूलाई प्रभावित गर्ने कन्टेन्टको मोडरेशन पनि अमेरिकामै गरिने कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण