कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन
पोखरा । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरेपछि सोमबारदेखि सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा प्रतिवादीहरूसँग बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा सोमबार छविलाल बञ्जाडे जोशीसँग बयान लिइएको हो ।
छविसँगको बयान निरन्तर रहेको र सोमबार नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
‘बयान सुरु भएको छ । उहाँ (छवि)सँग पनि बयान सकिएको छैन,’ उनले भने । छविको सकेपछि मात्रै अन्य प्रतिवादीको बयान लिइने उनको भनाई छ । ‘अरूको हकमा प्रवेश नै भएको छैन । पहिलो सकिएपछि बिस्तारै अरूको सुरु हुने हो,’ उनले भने । बयानका लागि छविसँगै रास्वपा सभापति रवि लामिछाने, जीबी राई निकट कर्मचारी लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई अदालत लगिएको थियो ।
छविकै बयान बाँकी रहेपछि सबैलाई दिनभर अदालतमा राखेर कास्की प्रहरीको हिरासतमै फर्काइएको छ । सूर्यदर्शन सहकारीको सबै मुद्दा थुनछेक बहससम्म अब उनै न्यायाधीश राईको इजलासमा हुनेछ । ‘यसको आदेश नआउँदासम्म ७ नम्बर इजलासमा बयान र बहस हुन्छ,’ अधिकारीले भने, ‘सुरुमा सबैसँग बयान सकेर थुनछेक बहस चलाउने हो ।’ सहकारीको रकम अपचलन, संगठीत अपराध र सम्पत्ति शुद्धीकरणसहित राष्ट्र बैङ्क ऐन कसूरमा कम्पनी र व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।
६३ प्रतिवादीमध्ये १९ जनालाई संगठित अपराध र ५ जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरिएको छ । अन्य ५ जनाको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको सरकारी वकिल कार्यालयले जनाएको छ । मंगलबार पनि अदालत खुल्ने बित्तिकै बयान सुरु हुने अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण