एमपक्स सङ्क्रमण पुष्टि भएका बिरामीको अवस्था कस्तो छ ?
काठमाडौँ । नेपाली नागरिकमा पहिलो पटक एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउदी अरबबाट बिहीबार नेपाल फर्केका एक पुरुषलाई शुक्रबार (पुस ५ गते) एमपक्स पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हालै एकपक्स सङ्क्रमण भएका पुरुषको उपचार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न छाला तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झाले बताए । ‘शुक्रवार मात्रै पत्ता लगायौँ, उहाँ भर्ना भइ उपचाररत हुनु हुन्छ । उहाँको अवस्था सामान्य नै छ,’ उनले भने, ‘उहाँ भर्ना हुन आउँदा धेरै घाउ थियो । शरीरको ५० भन्दा बढी भागमा घाउ देखिएको थियो । हातमा, पैतलामा, टाउकोमा, गुप्तअंगहरुमा घाउ देखिएको थियो । बिस्तारै सुधार हुने क्रममा छ ।’
डा. झाका अनुसार एमपक्स भनेर उपचार नभएपनि यसमा ‘सर्पोटिभ कियर’ गर्न सकिने बताए । ‘यसमा स्याहार सुसारको कुरा आउँछ । त्यसमा जोड दिएका छौँ,’उनले भने,‘खानपिन, छाला स्याहारमा जोड दिएका छौँ । तत्काल उहाँलाई डिस्चर्ज गरिँदैन ।’
एमपक्स लागेको निको हुन मोटामोटी समय २१ दिनसम्म लाग्छ तर बिरामीको अवस्था अनुसार कति समय लाग्छ भन्ने यकिन भन्न नसकिने उनले रातोपाटीलाई बताए । ‘घाउमा भएको पप्रा निस्काने भएसी मात्रै डिस्चर्ज गरिन्छ,’ उनी भन्छन्, ‘उहाँलाई कतिसम्म समय लाग्छ यो हेर्नै पर्छ ।’
ती पुरुष विगत १० देखि ११ वर्ष साउदी अरब बस्दै आएका छन् । उनलाई एमपक्सको शंका लागेपछि नेपालमा उपचारका लागि आएको डा. झाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण