झापा कपको उपाधि चर्च ब्वाइजले जित्यो
झापा । पहिलो संस्करणको झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा सोमबार भएको खेलमा एनआरटी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले हात पारेको हो ।
खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेण्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डि बक्समा मिलाइदिएको पासलाई डि बक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्माण्डले गोल गरे ।
त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन बिष्टले गोल गरेका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्माण्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे ।
प्रतियोगीताको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन बिष्ट, झापा ट्यालेन्टका रुपमा छनौट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए । मष्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोह कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण