चलचित्र नगरीमा भाग्य परिक्षण गर्दै अभिनेत्री पूजा
बेबी आई लभ यु’ चलचित्रकी अभिनेत्री हुन् पूजा तिवारी। उनले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछिन् ।
जनक पाण्डे निर्देशित प्रेमकथामा आधारित चलचित्रमा उनको अभिनेता सन्तोष खड्गीसँग रोमान्स देख्न सकिन्छ । १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न मिल्ने ‘बेबी आई लभ यु’मा आफूले गरेको अभिनयले दर्शकमा गहिरो छाप छोड्ने उनी बताउँछिन् । चितवन सौराह निवासी उनी दुई वर्ष अगाडि अभिनय रहर बोकेर काठमाडौँ छिरेकी थिइन् ।
थोरै सङ्घर्षमै उनी चलचित्रकी अभिनेत्री हुन सफल भइन् । यसलाई उनी आफ्नो लक मान्दछिन् । ५ वर्षको डान्स प्रशिक्षकको अनुभवसहित अभिनयमा होमिएकी उनको पहिलो चलचित्र सफल हुन्छ वा हँुदैन त्यो भने प्रदर्शन पछि मात्र भन्न सकिनेछ । तर चलचित्रको रिजल्ट जे भए पनि आफ्नो अभिनय यात्रामा फरक नपर्ने उनी बताउँछिन् ।
मेनुका प्रधान र राजेश हमालको अभिनय रुचाउने उनको पेन्टिङमा पनि रुचि रहँदै आएको छ । बुबा नेपाल टप आर्टिस भएकाले सानैदेखि यसमा रुचि रहेको उनी सुनाउँछिन् ।
धेरैको डेटको अफर आउने गरेको सुनाउने उनी अहिलेसम्म कसैको अफर स्वीकार्न नसकेको बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण