पूर्व मुख्यसचिव कोइरालाको प्रश्न : कर्मचारी राणाकालीन ढङ्गले चलाउने कि आधुनिक ?
_owrqJovre3.jpg)
काठमाडौँ । पूर्व मुख्यसचिव डा. विमल कोइरालाले कर्मचारीतन्त्र राणाकालीन ढङ्गबाट चलाउने कि आधुनिक ढङ्गले चलाउने भनेर सरोकारवालाहरूलाई प्रश्न गरेका छन् ।
मङ्गलवार संसद्को राज्य व्यवस्था समितिमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा कोइरालाले यस्तो प्रश्न गरेका हुन् ।
उनले देश सङ्घीयतामा गएपछि कर्मचारी विधेयक नयाँ ढङ्गले आउला भन्ने आफ्नो बुझाई रहे पनि पुरानै कपि पेस्ट भएको बताए । ‘हिजोकै विधेयक ल्याएर कहिले नयाँ हुन्छ ?’, कोइरालाको प्रश्न थियो ।
‘यो ऐन किन चाहियो , हामीले व्याख्या नै गर्न सकेको छैन । मुलुक सङ्घीयतामा गएपछि यो ऐन चाहिएको हो । तीन तहको सरकार भएपनि एकात्मक मानसिकताको धङधङी कायमै छ’, उनले भने, ‘केन्द्र सरकारले भनेपछि हुन्छ भन्ने हाम्रो मानसिकता देखियो । नयाँ ढङ्गले सोचिएन ।’
उनले विधेयक कर्मचारी खुसी पार्न, सरुवा बढुवा गर्न मात्र खोजेको कि जनताको पक्षबाट सोच्ने ? भन्दै ऐनमा जनता कहाँ छ ? भनेर प्रश्न गरे ।
‘जुन जगमा ऐन बनाउनुपर्ने थियो, त्यो खै ? अनि कसरी जनताप्रति कर्मचारी जिम्मेवार बन्छ ?’, कोइरालाले भने, ‘प्रक्षेपण र अनुमानयोग्य निजामती सेवा हुनुपर्छ ।’
उनले नेपालमा सरकार फेरिएपछि कर्मचारी सरुवा बढुवा हुने गरेको भन्दै यस्तो प्रवृत्ति रोक्नुपर्ने बताए ।
उनले कर्मचारीलाई २ वा ३ वर्षको अवधि पुगेपछिमात्र सरुवा गर्नुपर्ने भन्दै मुख्य सचिवको समयावधि रहँदै राजदूत बनाउँछु भनेर अर्कोलाई ल्याउने चलन गलत भएको बताए ।
उनले कर्मचारीको कुलिङ पिरियड तोक्नु पर्ने सुझाव दिँदै निजामती ऐन बनाउँदा स्वार्थ र शक्ति समूहबाट प्रभावित हुनेहरूले देश बनाउने गफ गर्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने