डुब्यो अमेरिकी प्रतिबन्धमा परेको रुसी जहाज
मस्को । रुसको एउटा कार्गो जहाज डुबेको छ । स्पेन र अल्जेरियाबीच मेडिटेरियनमा उर्सा मेजर नाम गरेको मालवाहक जहाज डुबेको हो ।
जहाजको इन्जिन रुममा विस्फोट भएपछि जहाज समुद्रमा डुबेको बताइएको छ । यो खबरको रुसको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । जहाजमा सवार १६ जना मध्ये १४ क्रु मेम्बरको उद्धार गरिएको र उनीहरूलाई स्पेनका कार्ताजेना बन्दरगाह पुर्याएको मन्त्रालयले बताएको छ । अन्य दुई जना भने बेपत्ता रहेको बताइएको छ ।
उर्सा मेजर १२ दिन अघि सेन्ट पिटर्सबर्गको बन्दरगाहबाट हिडेको रुसी समाचार संस्था इन्टरफ्याक्सले भनेको छ । ३८०/३८० टन तौल भएको दुई वटा क्रेन बोकेर गइरहेको यो जहाज रुसको सुदूर पूर्व भ्लादिभोस्तोकतिर गइरहेको जहाजका मालिकले भनेका थिए । गएको हप्ता ऊर्सा मेजर इङ्गलिस च्यान भएर अगाडि बढ्दै गएको देखिएको थियो ।
जहाजमा के कारणले गर्दा विस्फोट भयो भन्ने थाहा हुन सकेको छैन । यो जहाज सन् २००९ मा बनेको हो । २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसी सेनालाई कार्गो ढुवानी गर्न जहाजको प्रयोग भएको भन्दै अमेरिकाले यो जहाजलाई प्रतिबन्धमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका २ गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण