रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
सारांश
- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
- यो पद करार सेवा अन्तर्गत रहनेछ र यसको कार्यकाल बढीमा ४ वर्षको हुनेछ, जसमा निश्चित शैक्षिक योग्यता र अनुभव आवश्यक पर्नेछ।
- इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको कार्यालय वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीले आज सूचना जारी गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो।
करार सेवा अन्तर्गत रहने यस पदको कार्यकाल बढीमा ४ वर्षको हुनेछ। सीईओ पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा व्यवसाय प्रशासन (बिजनेस एडमिनिस्ट्रेशन) मा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ। यस्तै ती विषयमा स्नातक (बैचलर्स) तह उत्तीर्ण गरेकाको हकमा भने सम्बन्धित क्षेत्रमा कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव माग गरिएको छ।
जलविद्युत् आयोजनाको निर्माण कार्यमा अधिकृत स्तर वा सोभन्दा माथिल्लो पदमा काम गरेको अथवा जलविद्युत् कम्पनीको सीईओ, कार्यकारी प्रमुख वा वरिष्ठ व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र काठमाडौँको धुम्बाराहीस्थित कम्पनीको कार्यालयमा आवश्यक कागजातसहित वा इमेल मार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फारम तथा कार्यक्षेत्रगत शर्त (टिओआर) सम्बन्धी कागजातहरू कम्पनीको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
उम्मेदवारको छनोट टिओआरमा उल्लेख भए अनुसार हुनेछ भने पारिश्रमिक तथा अन्य सुविधाहरू कम्पनीको नियम र आपसी सहमतिमा तय हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण