शाहरुख खानको ‘किङ्ग’ लाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने
मुम्बई । बलिउडका किङ्ग खान आफ्नो फिल्म ‘किङ्ग’ लाई लिएर लगातार चर्चामा छन् । पठान, जवान र डंकीपछि शाहरुख खानका फ्यानहरू उनको अर्को फिल्मलाई उत्सुकताका साथ पर्खिरहेका छन् ।
पछिल्लो जानकारी अनुसार यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । फिल्मको छायांकन मार्च २०२५ बाट सुरु हुनेछ । लामो समयदेखि शाहरुख खानको फिल्म ‘किङ्ग’लाई सुजोय घोषले निर्देशन गर्ने चर्चा थियो तर स्रोतबाट प्राप्त जानकारी अनुसार अब यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने भएका छन् ।
वाईआरएफ स्पाइ युनिभर्सको फिल्म ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। यो फिल्मले बलिउडमा शाहरुख खानको ग्रान्ड कमब्याक गर्यो र यो फिल्मले बक्स अफिसमा ५०० करोडको व्यापार गर्यो।
फिल्म ‘किङ्ग’ पूर्ण एक्सन फिल्म हुनेछ । पछिल्लो ६ महिनादेखि फिल्मको छायांकनको तयारी भइरहेको छ । यस फिल्ममा शाहरुख खान छोरी सुहाना खानसँग देखिनेछन् भने फिल्ममा अभिषेक बच्चन खलनायकको भूमिकामा देखिनेछन् ।
सिद्धार्थ आनन्दले फिल्म ‘किङ्ग’मा काम सुरु गरिसकेका छन् र पछिल्लो ६ महिनादेखि यसको स्क्रिप्टमा काम गरिरहेका छन् ।
यो फिल्म विश्वका विभिन्न देशमा सुटिङ गरिने बताइएको छ । जसका लागि सिद्धार्थ आनन्दले रेकी गरिरहेका छन् । यतिबेला सिद्धार्थ आनन्द फिल्मको एक्सन दृश्य डिजाइन र लोकेशन फाइनलमा व्यस्त छन् ।
फिल्म रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्सको ब्यानरमा निर्माण हुन लागेको हो । यो फिल्मलाई सुजोय घोषसँगै सिद्धार्थ आनन्द, सुरेश नायर र सागर पाण्डेयले लेखेका हुन् । योसँगै फिल्मका संवाद अब्बास टायरवालाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण