गल्फ कप : ओमानले कतारलाई हरायो, युएई कुवेतसँग स्तब्ध
बुधबार, १० पुस २०८१, ०५ : ०७
काठमाडौं । गल्फ कप इन्टरनेशनलको समूह ‘ए’मा ओमानले कतारलाई हराएको छ भने कुवेतले युनाइटेड अरब इमिरेट्स (युएई)लाई स्तब्ध तुल्याएको छ । मंगलबार राति भएको खेलमा ओमानले कतारलाई २-१ ले हराउँदा कुवेतले युएईलाई २-१ ले नै हराएको हो ।
ओमानलाई विजयी गराउन दुबै गोल अल साबीले गर्दा कुवेतलाई जिताउन दाहम र असाइमा ले गोल गरेका हुन् । समूह चरणका दुई खेल सकिँदा कुवेत अंक तालिकाको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेशको ढोकामा छ भने ओमान समेत समान ४ अंक बटुलेर शीर्ष दुईभित्र सुरक्षित छ ।
कतार र युएईले एक खेल गुमाउँदा एक खेल बराबरी गरेर जम्मा १–१ अंक बटुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण