गल्फ कप : ओमानले कतारलाई हरायो, युएई कुवेतसँग स्तब्ध
बुधबार, १० पुस २०८१, ०५ : ०७

काठमाडौं । गल्फ कप इन्टरनेशनलको समूह ‘ए’मा ओमानले कतारलाई हराएको छ भने कुवेतले युनाइटेड अरब इमिरेट्स (युएई)लाई स्तब्ध तुल्याएको छ । मंगलबार राति भएको खेलमा ओमानले कतारलाई २-१ ले हराउँदा कुवेतले युएईलाई २-१ ले नै हराएको हो ।
ओमानलाई विजयी गराउन दुबै गोल अल साबीले गर्दा कुवेतलाई जिताउन दाहम र असाइमा ले गोल गरेका हुन् । समूह चरणका दुई खेल सकिँदा कुवेत अंक तालिकाको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेशको ढोकामा छ भने ओमान समेत समान ४ अंक बटुलेर शीर्ष दुईभित्र सुरक्षित छ ।
कतार र युएईले एक खेल गुमाउँदा एक खेल बराबरी गरेर जम्मा १–१ अंक बटुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु
-
२५ दिनमा सकियो ‘अभिमन्यु’को छायाङ्कन
-
पृथ्वीबारे १० रोचक तथ्य