दिल्लीकी मुख्यमन्त्री आतिशी पक्राउ पर्ने केजरीवालको दाबी
नयाँ दिल्ली । आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले दिल्लीकी मुख्यमन्त्री तथा पार्टी नेता आतिशी पक्राउ पर्ने बताएका छन् । मुख्यमन्त्री आतिशी र अरविन्द केजरीवालले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
तीन–चार दिनअघि ईडी, आयकर विभाग र सीबीआईको बैठक भएको र दिल्लीकी मुख्यमन्त्री आतिशीलाई पक्राउ गर्न र नक्कली मुद्दा दायर गर्नुस् भनेर माथिबाट आदेश आएको आफ्नो स्रोतबाट थाहा पाएको केजरीवालले बताएका थिए ।
भाजपाले दिल्लीका जनताका लागि केही नगरेको, उक्त पार्टीसँग सीएम बन्ने अनुहार मात्रै होइन उम्मेदवार र एजेन्डा पनि नभएको र दिल्लीमा उसले हार्ने दाबी केजरीवालले गरेका थिए ।
‘दुई–तीन दिनअघि हामीले दुईवटा योजना घोषणा गर्यौ । त्यसमा हामीले महिलालाई २१ सय रुपैयाँ र वृद्धवृद्धालाई सञ्जीवनी योजना दिने घोषणा गरेका थियौं । यसबाट भाजपा डराएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण