एमपक्स पुष्टि भएका बिरामी खतरामुक्त
काठमाडौँ । एमपक्स पुष्टि भएका बिरामी खतरामुक्त भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पुस ५ गते एमपक्स पुष्टि भएका उनको उपचार भइरहेको हो ।
उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न छाला तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झाले बताए । ‘गत शुक्रबार मात्रै पत्ता लगायौँ । उहाँ भर्ना भइ उपचाररत हुनुहुन्छ । उहाँको अवस्था सामान्य नै छ,’ उनले भने, ‘उहाँ भर्ना हुन आउँदा धेरै घाउ थियो । शरीरको ५० भन्दा बढी भागमा घाउ देखिएको थियो । हातमा, पैतलामा, टाउकोमा, गुप्तअंगहरुमा घाउ देखिएको थियो । विस्तारै सुधार हुने क्रममा छ ।’
डा. झाका अनुसार एमपक्स भनेर उपचार नभएपनि यसमा ‘सर्पोटिभ कियर’ गर्न सकिने बताए । ‘यसमा स्याहार सुसारको कुरा आउँछ । त्यसमा जोड दिएका छौँ,’ उनले भने, ‘खानपिन, छाला स्याहारमा जोड दिएका छौँ ।’
एमपक्स लागेको निको हुन मोटामोटी समय २१ दिनसम्म लाग्छ । तर बिरामीको अवस्था अनुसार कति समय लाग्छ भन्ने यकिन भन्न नसकिने उनले रातोपाटीलाई बताए । ‘घाउमा भएको पप्रा निस्काने भएसी मात्रै डिस्चर्ज गरिन्छ,’ उनी भन्छन्, ‘उहाँलाई कतिसम्म समय लाग्छ यो हेर्नैपर्छ ।’
ती पुरुष विगत १० देखि ११ वर्ष साउदी अरब बस्दै आएका थिए । उनलाई एमपक्सको शंका लागेपछि नेपालमा उपचारका लागि आएको डा. झाको भनाई छ ।
उनी व्यक्ति नेपाली नागरिकमा पहिलो पटक एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउदी अरबबाट बिहीबार नेपाल फर्केका एक पुरुषलाई गत शुक्रबार (पुस ५ गते) एमपक्स पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् । गत १ असारमा एकजना विदेशी महिलालाई एमपक्स पुष्टि भएपनि नेपालीमा भएको यो पहिलोपटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण