भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज
काठमाडौँ । नेकपा एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’ देखिएको छ । नेतृत्वको निर्णयप्रति प्रश्न उठाउनेहरूमाथि एकपछि अर्को गर्दै कारबाहीको डण्डा चलाएबाटै एमालेभित्रको आन्तरिक लोकतन्त्रबारे प्रश्न उठेको हो ।
नेतृत्वको कार्यशैलीको आलोचना गरेकै कारण पूर्वउपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीविहीन बनाएको छ ।
बुधबार बसेको सचिवालय बैठकले तीन नेताको जिम्मेवारी खोसेको हो । उनीहरुले दानको जग्गामा पार्टी भवन बनाउनु नहुने मत राखेका थिए । तर सोही मतलाई एमालेले पार्टी हित र निर्णय विपरीत भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सिनाले स्पष्टीकरण बुझाएपनि रावलले बुझाएका थिएनन् ।
एमालेका एक नेताका अनुसार रावल, पाण्डे र तिम्सिनालाई कारबाही गर्नुभन्दा पनि सम्झाउनुपर्ने मत सचिवालय बैठकमा उठेपनि अध्यक्ष ओलीले त्यसको प्रवाह गरेनन् ।
बुधबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले रावलको संगठित सदस्यताबाट मुक्त गरेको तथा पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरेको जानकारी दिए ।
रावल भन्छन्– कारबाही निरंकुश प्रवृत्तिको उपज
एमालेले संगठित सदस्यता खोसेपछि रावलले यसलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।
उनले रातोपाटसँग भने, ‘यो ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । ओलीले लामो समयदेखि नै कम्युनिस्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए ।’
रावलले ओली साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलान्जली दिएर आफूविरुद्ध खनिएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण