सरकारको काममा सुधार गर्न आवश्यक छ, सहकारी ठगीमा पक्षपातपूर्ण व्यवहार भयो भन्नु गलत : एमाले
काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले सरकारलाई थप गति दिन सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन सुधार गर्नुपर्ने औँल्याएको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले गरेको कामबारे समीक्षा भएको बताए ।
‘सरकारका कामलाई थप गति दिन सरकारका कामलाई धेरै सुधार ल्याउनुपर्ने आवश्यकता बोध भएको छ । पछिल्लो समय अर्थतन्त्रमा केही सुधार आएका छन् । नयाँ सरकार आएदेखि नै शेयर बजार उच्चबिन्दुमा छ । संक्रमणकालीन ऐन बनेर आयोग बन्ने प्रक्रियामा छ । सरकारको बाह्य सम्बन्धमा प्रगति भएको छ । पछिल्लो खासगरी चीनसँग भएको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । अन्य विभिन्न मुलुकसँग भएका सहमति महत्त्वपूर्ण छन्’, उनले भने ।
यस्तै संसदीय छानबिन समितिको सिफारिस अनुरूप सहकारीमा देखिएका बेथितिविरुद्ध कारबाही अगाडि बढेको उनले दाबी गरे । तर पक्षपातपूर्ण तरिकाले व्यक्ति विशेषलाई लक्षित गरेर कारबाही नगरेको उनले दाबी गरे ।
‘कसैको मुख नहेरी सत्तारुढ दलका नेताहरूलाई कारबाहीको दायरामा ल्याइएको छ । बाहिर राजनीतिक बायस भयो भनेर जे मान्यता स्थापित गर्न खोजिएको छ, नेता विशेषलाई लक्षित गरेर कारबाही अगाडि बढाएको कुरा घटनाक्रमले नै खण्डित गरेको छ । त्यसमामिलामा सरकार निर्ममतापूर्वक अगाडि बढेको छ’, ज्ञवालीले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण