मेयर कप टेबलटेनिस सुरु
ललितपुर । ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै ललितपुरमा टेबलटेनिसको राम्रो माहौल रहेको बताए ।
‘ललितपुरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने धेरै राम्रो खेलाडी छन् । ललितपुरमा टेबलटेनिसको माहौल पनि राम्रो छ,’ मेयर महर्जनले भने, ‘अझ यो प्रतियोगिता रात्रिकालीन भएकाले सबै उमेर समूहका खेलाडीको रुचि यसप्रति बढ्दै गएको मैले पाएको छु ।’
प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २५ वडाबाट ६ सय ३७ खेलाडीको सहभागिता रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता समेत रहेका आयोजक वडा ९ का अध्यक्ष राजु महर्जनले जनाएका छन् ।
प्रतियोगितामा १६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशि ३ लाख ६८ हजार रुपैयाँ रहेको प्रतियोगिता संयोजक सन्जु अवालेले जानकारी दिए ।
टिम च्याम्पियन बन्न सफल वडालाई रनिङ सिल्ड पनि प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब २१ लाख ८३ हजार रुपैयाँ रहेको निकेश जोशीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण