छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
काठमाडौँ । ठमेलमा रहेको विवादित छाया सेन्टरबाट भिसा फेसिलेटेसन सर्भिसेस (भीएफएस) ग्लोबल सर्ने भएको छ । जग्गाको विषयलाई लिएर निर्माणको सुरुवातदेखि नै विवादमा रहेको छाया सेन्टरमा मानव अधिकारको विषय जोडेर भीएफएसले सर्ने तयारी गरेको जानकारी गराएको छ ।
अघिल्लो हप्ता भीएफएस ग्लोबले लिखित रूपमा छाया सेन्टरलाई भाडा सम्झौताको नवीकरण नगर्ने र सकेसम्म चाँडो स्थानान्तरण गर्ने जानकारी पठाएको थियो । छाया सेन्टरमा भीएफएसको संलग्नताविरुद्ध स्विट्जरल्यान्ड सरकार मातहको निकायमा उजुरी परेपछि भीएफएसले कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र यथाशक्य छिट्टै कार्यालय स्थानान्तरण गर्ने जवाफ पठाएको थियो ।
भीएफएसले विवादमा आफ्नो कुनै भूमिका नरहेको र आफ्नो कार्यालय त्यहाँ हुँदा पीडितलाई अप्ठ्यारो पर्ने भन्दै सर्ने जवाफ दिएको छ । छाया सेन्टरको विषय संयुक्त राष्ट्रसंघमा यसअघि नै पुगेको थियो । राष्ट्रसंघले छाया सेन्टरको विषय अदालतमा विचाराधीन रहेकाले आफ्नो गम्भीर ध्यानाकर्षणमा रहेको जनाएको थियो ।
छाया सेन्टरमा स्थानीय समुदायको परम्परागत स्वामित्वमा रहेको जग्गालाई लिएर कानुनी र सांस्कृतिक विवाद चलिरहेको छ । उक्त विवाद अदालतमा विचाराधीन छ । सेन्टर बनाउनुअघि त्यहाँ सांस्कृतिक महत्वको पोखरी रहेको बताइएको छ । उक्त पोखरी गलत तरिकाले निजी स्वामित्वमा परिणत गरिएको भन्दै स्थानीय समुदायले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण