आज प्रज्ञा भवनमा जुट्दै जनार्दन र विप्लव

काठमाडौँ । १३२औँ माओ दिवसका अवसरमा बिहीबार राजधानीमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्र नेपालको आयोजनामा ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तरक्रिया हुन लागेको हो ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा दिउँसो साढे १ बजेदेखि सुरु हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ ।
जसअनुसार अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा जुट्दैछन् । विप्लव नेतृत्वको नेकपाले यसअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेपनि माओवादीकै तर्फबाट ढिलाइ हुँदा एकताले सार्थकता पाउन सकेको छैन । यस्तै उपमहासचिव शर्माले पनि कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् ।
एकताको पक्षमा रहेका दुई नेता एउटै मञ्चमा उपस्थित भएर एकताका लागि आह्वानसहित कम्युनिस्ट आन्दोलन र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा वैचारिक अन्तरक्रिया गर्ने केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए ।
‘वाम ध्रुवीकरणको विषयमा व्यापक बहस भइरहेको बेला दुई पार्टीका दुई प्रतिभाशाली नेताबिचको जमघटले वाम आन्दोलनलाई नयाँ मोड दिन सहयोगी सिद्ध हुने हाम्रो विश्वास छ’, उनले भने।
सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म