आज प्रज्ञा भवनमा जुट्दै जनार्दन र विप्लव
काठमाडौँ । १३२औँ माओ दिवसका अवसरमा बिहीबार राजधानीमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्र नेपालको आयोजनामा ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तरक्रिया हुन लागेको हो ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा दिउँसो साढे १ बजेदेखि सुरु हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ ।
जसअनुसार अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा जुट्दैछन् । विप्लव नेतृत्वको नेकपाले यसअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेपनि माओवादीकै तर्फबाट ढिलाइ हुँदा एकताले सार्थकता पाउन सकेको छैन । यस्तै उपमहासचिव शर्माले पनि कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् ।
एकताको पक्षमा रहेका दुई नेता एउटै मञ्चमा उपस्थित भएर एकताका लागि आह्वानसहित कम्युनिस्ट आन्दोलन र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा वैचारिक अन्तरक्रिया गर्ने केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए ।
‘वाम ध्रुवीकरणको विषयमा व्यापक बहस भइरहेको बेला दुई पार्टीका दुई प्रतिभाशाली नेताबिचको जमघटले वाम आन्दोलनलाई नयाँ मोड दिन सहयोगी सिद्ध हुने हाम्रो विश्वास छ’, उनले भने।
सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण