कांग्रेसको १०० दिने विशेष अभियान : काम सक्न बाँकी जिल्लालाई समय थप
काठमाडौँ । नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई समय थप गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियान सम्पन्न हुन नसकेको हो ।
ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघमा समापन गर्ने गरि समयावधि थप गरिएको उनको भनाई छ ।
जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबै साथीहरूलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशनसमेत दिइएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ देखि भाद्र १६ सम्म बसेको बैठकको निर्णय बमोजिम सांगठनिक गतिविधि प्रभावकारी बनाउन २०८१ असोज ७ मा प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पौष १६ मा समापन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण