युवा खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् स्मार्टफोन उपहार
काठमाडौँ । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिनप्रसाद शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले स्मार्टफोन उपहार दिएकी छन् । एनपीएलमा राम्रो खेल प्रदर्शन गरेको भन्दै स्वस्तिमाले विपिनलाई फोन उपहार दिएकी हुन् ।
विपिनले कर्णाली याक्सबाट प्रतियोगिता खेलेका थिए भने स्वस्तिमा क्लबको ब्रान्ड एम्बसेडर रहेकी थिइन् । ‘यो फोन तिम्रो मेहनत र लगनका लागि सानो सराहनाको प्रतीक हो । आशा छ यसले तिमीलाई मैदानभित्र र बाहिर राम्रो कलहरू आओस् र अझै ठुला मौकाहरूसँग जोडेर राखोस्,’ स्वस्तिमाले विपिनलाई फोनसँगै दिएको सन्देशमा उल्लेख छ ।
१६ वर्षीय खेलाडीले प्रतियोगितामा ८ खेल खेल्दै कूल १३ विकेट लिन सफल भएका थिए । उनी प्रतियोगितामा सबैभन्दा धेरै विकेट खेलाडीहरूको सूचीमा पाँचौँ स्थानमा रहन सफल भएका थिए । दायाँ हाते लेफ्ट आर्म अर्थोडक्स बलरले जनकपुर बोल्ट्सविरुद्धको खेलमा मात्र १७ रन खर्चेर ३ विकेट लिएका थिए ।
उनी प्रतियोगिताको इमर्जिङ प्लेयर पनि घोषित भएका थिए । उनले ५० हजार रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण