यस्तो छ जनकपुर बोल्ट्सको चार दिने ट्रफी परेडको रुट
बिहीबार, ११ पुस २०८१, १५ : ५०
१
काठमाडौँ । नेपाल प्रिमियर लिग –एनपीएल) को पहिलो सिजनको च्याम्पियन टोली जनकपुर बोल्ट्सले मधेस प्रदेशमा ट्रफी परेड गर्ने भएको छ । शुक्रबारदेखि सुरु हुने ट्रफी परेड चार दिनसम्म जारी रहनेछ ।
टोलीले दिएको जानकारी अनुसार शुक्रबार धनुषाबाट परेड सुरु हुनेछ । दोस्रो दिन शनिबार महोत्तरीको जलेश्वर हुँदै सर्लाही र रौतहट पुग्नेछ । आइतबार बारा र पर्साको वीरगन्ज पुग्ने टोलीको तयारी छ । सोमबार तथा अन्तिम दिन सिरहा हुँदै सप्तरीको राजविराजमा परेड समापन हुनेछ ।
गत पुस ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण