नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस
काठमाडौँ । आफ्नो विश्वव्यापी सीएसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तीकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।
यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ। सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको “टुगेडर फर टुमरो : इन्एबलिङ पिपल“ को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ। लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो।
प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख श्री इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण