भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।
बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।
अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । तमामा कोशिसका बाबजुद सिंहलाई बचाउन नसकिएको समेत अस्पतालले जनाएको छ ।
पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।
अहिले कांग्रेस आई नेतृ सोनिया गान्त्री, प्रियंका गान्धी लगायत एम्स अस्पताल पुगेका छन् । अन्य नेता कार्यकर्ताहरुको पनि भीड बढिरहेको छ ।
सिंहको जन्म १९३२ सेप्टेम्बर २६ मा भारतको पञ्जाबमा (अहिले पाकिस्तान) भएको थियो । त्यसबेला भारत र पाकिस्तान छुट्टिएका थिएनन् । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए । त्यसअघि उनी अर्थमन्त्री समेत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण