मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
शुक्रबार, १२ पुस २०८१, ०० : २४
काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनबारे अखिल भारतीय आयुर्विज्ञान संस्थान 'एम्स'ले एक आधिकारिक नोट जारी गरेको छ । उसले दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल ल्याएको दुई घण्टा नपुग्दै निधन भएको हो ।
‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनलाई स्थानीय समय अनुसार राती ८ बजेर ६ मिनेटमा अस्पताल ल्याइएकामा ९ बजेर ५१ मिनेटमा मृत घोषित गरिएको थियो ।
९२ वर्षीय सिंह बिहीबार घरमै अचानक बेहोस भएपछि एम्सको इमरजेन्सीमा भर्ना गरिएकामा कयौँ कोशिश गर्दा पनि केही सिप नलागेको अस्पतालको आधिकारिक नोटमा उल्लेख छ । सिंहले राज्यसभामा ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण