‘सानुमाया’मा मिरुनाको अभिनय
शुक्रबार, १२ पुस २०८१, १० : १८
काठमाडौँ । अभिनेत्री मिरुना मगर अभिनीत म्युजिक भिडियो ‘सानुमाया’ सार्वजनिक भएको छ । भिजुअल आट्र्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा प्रेमकथा, पहिचान, सङ्घर्षलगायत देखाएको छ ।
विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगरको अलावा दीपक रसाइली र प्रेम सुब्बाको अभिनय छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ । मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
विजय बस्याल कार्यकारी निर्माता, उज्वल जोशी छायाकार रहेको गीतमा एसडी योगीले सङ्गीत दिएका छन् । गीतमा शब्द राम अविरल विष्ट र स्वर योगी र विज्ञानी पराजुलीले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण