‘सानुमाया’मा मिरुनाको अभिनय
शुक्रबार, १२ पुस २०८१, १० : १८

काठमाडौँ । अभिनेत्री मिरुना मगर अभिनीत म्युजिक भिडियो ‘सानुमाया’ सार्वजनिक भएको छ । भिजुअल आट्र्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा प्रेमकथा, पहिचान, सङ्घर्षलगायत देखाएको छ ।
विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगरको अलावा दीपक रसाइली र प्रेम सुब्बाको अभिनय छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ । मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
विजय बस्याल कार्यकारी निर्माता, उज्वल जोशी छायाकार रहेको गीतमा एसडी योगीले सङ्गीत दिएका छन् । गीतमा शब्द राम अविरल विष्ट र स्वर योगी र विज्ञानी पराजुलीले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)