तारा स्मृति पुरस्कार समालोचक निनु चापागाइँलाई
काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रदान गरिने तारा स्मृति पुरस्कार यस वर्ष वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक तथा समालोचक निनु चापागाइँलाई प्रदान गरिने भएको छ ।
उक्त कुरा प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा हिजो जारी प्रेस वक्तव्यमा जनाइएको छ ।
प्रतिष्ठानका अध्यक्ष समेत रहेका वरिष्ठ मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको गत वर्ष पुस सत्ताइस गते दाङको भालुवाङमा बस दुर्घटनामा परि मृत्यु भएको थियो । उनको स्मृतिमा पाण्डेयका परिवारजनको मुख्य लगानी तथा इच्छुक प्रतिष्ठान र पाण्डेय सम्बद्ध पार्टीको सहयोगमा उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले बताए ।
सोही अक्षयकोषबाट हरेक वर्ष एकलाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरिने अध्यक्ष दुःखीको भनाइ छ ।
पुरस्कार यसै वर्षदेखि प्रदान गरिन थालेको र सो पुरस्कार आगामी माघ २ गते ताराकान्त पाण्डेयको स्मृति दिवसका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । पाण्डेयको निधन पुस सत्ताइस गते भएतापनि उनलाई माघ २ गते मात्रै अन्तिम श्रद्धाञ्जली दिएर बिदाइ गरिएकोले सोही दिनमा नै हरेक वर्ष स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण