तारा स्मृति पुरस्कार समालोचक निनु चापागाइँलाई

काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रदान गरिने तारा स्मृति पुरस्कार यस वर्ष वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक तथा समालोचक निनु चापागाइँलाई प्रदान गरिने भएको छ ।
उक्त कुरा प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा हिजो जारी प्रेस वक्तव्यमा जनाइएको छ ।
प्रतिष्ठानका अध्यक्ष समेत रहेका वरिष्ठ मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको गत वर्ष पुस सत्ताइस गते दाङको भालुवाङमा बस दुर्घटनामा परि मृत्यु भएको थियो । उनको स्मृतिमा पाण्डेयका परिवारजनको मुख्य लगानी तथा इच्छुक प्रतिष्ठान र पाण्डेय सम्बद्ध पार्टीको सहयोगमा उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले बताए ।
सोही अक्षयकोषबाट हरेक वर्ष एकलाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरिने अध्यक्ष दुःखीको भनाइ छ ।
पुरस्कार यसै वर्षदेखि प्रदान गरिन थालेको र सो पुरस्कार आगामी माघ २ गते ताराकान्त पाण्डेयको स्मृति दिवसका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । पाण्डेयको निधन पुस सत्ताइस गते भएतापनि उनलाई माघ २ गते मात्रै अन्तिम श्रद्धाञ्जली दिएर बिदाइ गरिएकोले सोही दिनमा नै हरेक वर्ष स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
अर्थमन्त्रीपिच्छे थपिए नयाँ सहर, ८ अर्ब बजेट सकियो
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ