दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन, सबै प्रदेश र जिल्लामा मतदान अधिकृत तोकियो
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको निर्वाचन पुस १३ र १७ गते दुई चरणमा हुँदैछ । त्यसका लागि निर्वाचन समितिले सबै प्रदेश र जिल्लाहरूमा मतदान अधिकृतहरू तोकिसकेको छ ।
विद्यार्थी मोर्चाको दुवै चरणको निर्वाचनलाई सफल बनाउन आर्थिक लगायतका आवश्यक सहयोग र सहजीकरण गर्न पार्टीका सबै प्रदेश र जिल्ला समन्वय समितिलाई आवश्यक निर्देशन दिइसकेको केन्द्रीय कार्यालय निकट स्रोतले जनाएको छ ।
निर्वाचन समितिका अनुसार पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा ७७ वटै जिल्लामा मतदान हुनेछ । त्यसका लागि शनिबार निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।
यस्तै दोस्रो चरणमा नयाँ नेतृत्वको लागि पुस १७ गते निर्वाचन हुने उनको भनाइ छ ।
नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । त्यसका लागि माओवादीले सबै जिल्ला र प्रदेशमा मुख्य मतदान अधिकारी र मतदान अधिकृत तोकिसकेको एक विद्यार्थी नेताले बताए । एक जिल्लामा तीन जना मुख्य मतदान अधिकृतसहितका मतदान अधिकृत तोकिएका छन् भने प्रदेशमा पनि सोहीअनुसार तोकिएको उनको भनाइ छ ।
यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।
दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण