प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो, ब्राइटन र ब्रेन्टफोर्डले अंक बाँडे
शनिबार, १३ पुस २०८१, ०४ : ०६
काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा इप्सविच टाउनलाई १–० ले हराएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
आर्सनललाई विजयी गराउन काई हार्वट्जले गरेको गोल नै निर्णायक बन्यो । यो सँगै आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल भने ४२ अंकसहित शीर्ष स्थानमा छ भने बिहीबार राती १८औ पालीको खेल गुमाएको चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत शुक्रबार राती नै भएको अर्को खेलमा ब्राइटन र बे्रन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेन्टफोर्डले १४औं मिनेटमा गरेको गोललाई भिएआरले मान्यता नदिएपछि खेल गोलरहित बराबरी भएको हो । अंक तालिकामा यी दुबै टोली १० औं र ११ औं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण