मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु
मोरक्को । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिएका मध्ये २५ मालीका नागरिक थिए ।
यो ‘अस्थायी डुङ्गा’मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन् ।
यो डुङ्गा गत हप्ता नै डुबेको थियो तर मालीले अहिले आएर मात्र पुष्टि गरेको छ । मालीले स्थितिको समीक्षा गर्न आफ्नो सङ्कट इकाई पठाएको छ।
माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको सिकार हुँदै आएको छ। जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भएको थियो ।
सैन्य सरकारले सन् २०२४ को मार्चमा आम निर्वाचन गराउने वाचा गरेको थियो तर ती निर्वाचनहरू अहिलेसम्म भएका छैनन्। देशको अवस्थालाई ध्यानमा राख्दै ठुलो सङ्ख्यामा मानिसहरू गैरकानुनी रूपमा युरोप पुग्न एट्लान्टिक रुट प्रयोग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण