पाल्पा तानसेनका महिलाले सुरु गरे साप्ताहिक सडक मेला (तस्बिरहरू)
- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा महिलाद्वारा साप्ताहिक सडक मेला सुरु भएको छ । मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।
_fr7DcWXLrL.jpg)
तानसेन नगरपालिका वडा नम्बर ४ र मखनटोल टोल विकास संस्थाको आयोजना तथा सिटिज फोर वमेन (युनोप्स) को सहजीकरणमा टोल विकास संस्थाका महिलाकै अगुवाईमा सञ्चालन भएको हो । महिलाले उत्पादन गरेका सामाग्री, खानाका परिकार, लघु तथा घरेलु उद्यमका सामग्रीहरू मेलामा प्रदर्शनी हुने टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताइन् ।
_B1AlWTTB8z.jpg)
महिलामैत्री सहर बनाउने अवधारणा अनुसार तानसेनको व्यस्त मखनटोलमा साप्ताहिक सडक मेला सुरु गरिएको तानसेन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बताए ।
_JmdwDMdXub.jpg)
सडक मेलाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र युनोप्सका कन्ट्री डाइरेक्टर कोमल कार्कीले उद्घाटन गरेका थिए । युनोप्सका सल्लाहकार सूर्य आचार्यले समाजका लागि गरिने विकासलाई दिगो बनाउन र जन चाहना अनुसार नै विकास गर्ने योजना अनुसार युनोप्सले काम गर्ने बताए । नगरपालिकाको ३० प्रतिशत र युनोप्सको ७० प्रतिशत लगानीमा महिलामैत्री पार्क निर्माणको काम अघि बढेको छ ।
_YPMAXuyNnF.jpg)
साप्ताहिक सडक मेलामा स्थानीय खानाका परिकारहरूका २० देखि २४ स्टल सहभागी भई आफ्ना उत्पादनका साथै खानाका परिकारहरू प्रदर्शनी तथा बिक्री बितरण गरिने तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
_4pLsw2iby4.jpg)
महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ वडा नम्बर ४ संग मिलेर मखनटोल टोल विकास संस्थाले महोत्सवको आयोजना गरेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले जानकारी दिइन् ।
_LoGfXFxfUd.jpg)
सडक मेलामा स्थानीय खानाका परिकारहरू बटुक, सेल, कोदोको सेल, नेवारी बारा, मिसमास, योमरी, झिनियाँ, चुकाउनी, छोयला, नेवारी रोटीका परिकार लगायत स्थानीय खानाका स्टलहरू रहेको थियो । महिला उद्यमीले तयार पारेका खानाका परिकारका साथै कोदोको पिठो, बेसार, हस्तकलाका सामग्रीसमेत राखिएको महिला उद्यमी ज्योति राजभण्डारीले बताइन् ।
_JPRjb4ulsj.jpg)
_MTmvHzYyA3.jpg)
_CeS9SP1znI.jpg)
_neAS7kqx8x.jpg)
_9mbDrcqlMs.jpg)
_5Wra400p9f.jpg)
_WrqOQDiF2p.jpg)
_60vkwY1BLE.jpg)
_NHZKdjr5SA.jpg)
_rUCbds2EJr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण