टिकटकमाथिको प्रतिबन्धमा ढिलाइ गर्न ट्रम्पले गरे सर्वोच्च अदालतलाई आग्रह
आइतबार, १४ पुस २०८१, ०९ : ४२
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्धमा ढिलाइ गर्न अमेरिकी सर्वोच्च अदालतलाई अनुरोध गरेका छन् ।
ट्रम्पका वकिलले शुक्रबार अदालतमा कानुनी याचिका दायर गरेका थिए । जसमा ट्रम्पले टिकटकमाथिको प्रतिबन्धको विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहेको बताइएको छ ।
यस मुद्दामा जनवरी १० मा अदालतमा सुनुवाइ हुनेछ । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक व्यवसाय बेच्नु होइन भने जनवरी १९ देखि प्रतिबन्धको सामना गर्नुपर्ने स्थिति छ ।
बाइडेन सरकारको यो आदेशको विरुद्धमा टिकटक अदालतमा गएको छ । बाइटडान्स चिनियाँ सरकारसँग जोडिएको दाबी अमेरिकी अधिकारी र सांसदहरूको छ । तर कम्पनीले यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण