लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रम लामालाई आक्रमण गरेको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिकाराम भण्डारीको संलग्नता देखिएको छ । कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय लामामाथि आक्रमण भयो ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामालाई आक्रमण गर्ने समूहसँग ‘कनेक्सन’ देखिएपछि भण्डारीलाई पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।
सिन्धुली घर भएका भण्डारी काठमाडौँको फुटुङस्थित थापा चोकबाट शनिवार साँझ पक्राउ परेका हुन् । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । काठमाडौँका एसएसपी रजौरे भन्छन्– ‘प्रारम्भिक अनुसन्धानबाट घटनामा भण्डारीको कनेक्सन देखिन्छ, थप अनुसन्धान गर्दैछौँ ।’
सो घटनामा संलग्न आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । ४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिन्छ ।
आक्रमण गर्ने मध्येका २ जना फरार छन् । आक्रमणमा संलग्न अजय लामा, र दीपक बरामु फरार छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको खुलेको छ ।
अजय यसअघि लिखत किर्ते कसुरमा जेल परेका थिए । विक्रम लामाले गर्दा यसअघि आफू जेल परेको भन्दै उनले आफ्नो समूहमा ‘बद्ला लिनुपर्ने’ कुरा बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण