सूर्यको नजिक जाँदा पनि कसरी खरानी हुनबाट जोगियो नासाको यान ?
न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सौर्य अन्वेषण यान पार्कर सोलार प्रोब सूर्यको अहिलेसम्मकै निकटमा पुग्न सफल भएको छ । आफ्नो यो यान सूर्यको निकटमा पुगेर पनि सुरक्षित रहन सफल भएको नासाले शुक्रबार पुष्टि गरेको हो ।
यान सुरक्षित रहेको र आफ्नो सम्पर्कमा आएको पनि नासाले बताएको छ । यो हप्ताको सुरुमा यान सूर्यबाट ३८ लाख माइल वरसम्म पुगेको थियो । बिहीबार राति आफूले पार्करबाट सन्देश प्राप्त गरेको र सूर्यको अहिलेसम्मकै निकट पुग्ने अभियानमा यान सफल भएको नासाले बताएको छ ।
सन् २०१८ मा यो यानलाई सूर्यलाई नजिकबाट नियाल्न लन्च गरिएको थियो । यानले जनवरी १ मा आफ्नो स्थितिबारे विस्तृत टेलिमेट्री डेटा पठाउने अपेक्षा गरिएको छ ।
अत्यधिक तातो वातावरणमा धेरै दिन उडेर पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिकको बिन्दुमा पुगेपछि नासासँगको यसको सम्पर्क टुटेको थियो । सूर्यको तापले यान जलेर खरानी हुने हो कि भन्ने चिन्ता नासाका वैज्ञानिकहरूले गरेका थिए । शनिबार बिहानसम्ममा यानले सन्देश पठाउने अपेक्षा गरिएको थियो । तर यो भन्दा अगावै बिहीबार राति नै पार्कर सोलार प्रोबले वैज्ञानिकहरूलाई सन्देश पठायो ।
विज्ञहरूका अनुसार क्रिसमसको एक दिन अघि यान सूर्यको बाहिरी वायुमण्डल अर्थात् कोरोनामा प्रवेश गरेको थियो । अत्यधिक तापक्रम र विकिरणका खपेर पनि यान जीवित रहन सक्यो ।
यान अहिले कोरोनाबाट बाहिर आएको बताएका छन् । कम्तीमा पनि अर्को वर्षको सेप्टेम्बरसम्म यानले यही दूरीमा रहेर सूर्यलाई परिक्रमा गर्ने बताइएको छ ।
यो मानिसले बनाएको अहिलेसम्मकै सबैभन्दा छिटो दौडिने अन्तरिक्ष यान हो । पार्करले पठाएको तथ्याङ्कले सूर्यको बाहिरी वायुमण्डल किन यसको सतहभन्दा सयौँ गुणा बढी तातो छ ? आदि कुरा बुझ्न मद्दत गर्ने आशा वैज्ञानिकहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण