संघीय शिक्षा ऐन नबन्दा शिक्षा क्षेत्रमा अन्योल भयो : मुख्यमन्त्री कार्की
आइतबार, १४ पुस २०८१, १६ : १३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालसम्म पनि संघीय शिक्षा ऐन पारित हुन नसक्नुले शिक्षा क्षेत्रमा अन्योलता बढेको बताएका छन् । संघीय सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय संरचनामा शिक्षा व्यवस्थापनका विषयमा कोशी प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग आइतबार भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
हाल देशमा सामुदायिक विद्यालयहरूले प्रदान गर्ने शिक्षाको अवस्था तुलनात्मक रूपमा कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यसको सुधारका लागि सम्बद्ध सबै पक्षको पर्याप्त ध्यान जानुपर्ने बताए । हिमाल र पहाडमा आवासीय विद्यालयको स्थापना साथै तराईमा आवश्यकता अनुसार विद्यालय मर्जर गरेर जानुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या