मानवता केन्द्र निर्माणार्थ महायज्ञबाट साढे ९ करोडभन्दा बढी संकलन
सुर्खेत । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा साढे ९ करोडभन्दा बढी रकम संकलन भएको छ । महायज्ञ आयोजक समितिले आइतबार पत्रकार सम्मेलन मार्फत ९ करोड ७६ लाख ९२ हजार ८४३ रुपैयाँ सङ्कलन भएको जनाएको हो ।
आश्रमले वीरेन्द्रनगरको खुल्ला मञ्चमा गत मंसिर २१ देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गरेको थियो । मूल आयोजक समितिका संयोजक डा. नवराज केसीका अनुसार अपेक्षितभन्दा बढी रकम उठेको हो । महायज्ञमा कम्तीमा ५ करोड संकलन हुने अपेक्षा गरिएको थियो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका, लेकबेशी नगरपालिका लगायत स्थानीय तहहरूले पनि सहयोग गरेका छन् । महायज्ञमा ५ हजारदेखि १ करोडसम्म पनि दानवीरहरू थिए । महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट ४२ लाख ७४ हजार ८८२, किताब बिक्रीबाट १३ हजार ३०५ रुपैयाँ संकलन भएको केसीले बताए । महायज्ञमा ५० लाख ७४ हजार ८७ रुपैयाँ खर्च भएको छ ।
आश्रमको मूल आयोजक समितिका संयोजक केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।
उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानव सेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ । भवन सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र राख्ने नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको रूपमा समेत विकास गरिने डा.केसीले बताए ।
भवन निर्माणका लागि प्रदेश सरकारले १ करोड रकम विनियोजन गरेको छ । महायज्ञ मङ्सिर २८ गतेसम्म लाग्ने छ । महायज्ञमा भागवत भास्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण