परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । मन्त्री डा.राणाले आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्व. सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
उनले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा.सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र भएको उल्लेख गरेकी छन् । उक्त पुस्तिकामा मन्त्री डा.राणाले स्व सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उनी सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरेकी छन् ।
मन्त्री डा.राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताएका छन् । भारतीय पूर्वप्रधानमन्त्री डा. सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रदेश सरकारले घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ’
-
पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा
-
इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
असारको राशिफल : हेर्नुहोस् महिनाभरको आफ्नो भाग्य
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट