सिटीको जितविहीन यात्रामा पूर्णविराम
लण्डन । पेप ग्वार्डिओले म्यानचेस्टर सिटीको नेतृत्व सम्हालेको ५ सयौँ खेलमा टोलीले लेस्टर सिटीमाथि सङ्घर्षपूर्ण जित हात पारेको छ । आइतबार राति भएको खेलमा सिटी २–० गोलले विजयी बनेको हो ।
खेलको २१ औँ मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४ औँ मिनेटमा उनले अर्लिङ हालान्डका लागि गोलको अवसर सिर्जना गरे । साबिक विजेताले पछिल्ला १० प्रिमियर लिग खेलमा हासिल गरेको यो मात्र दोस्रो जित हो ।
उता, घरेलु टोली लेस्टर सिटीका लागि जेमी भार्डीले दुईवटा गोलको अवसर पाएका थिए भने फाकुन्डो बुओनानोटेको प्रहार पोस्टमा लागेको थियो । जितका बावजुद सिटी हाल लिगको पाँचौँ स्थानमा सीमित रहेको छ । टोली शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ११ अङ्कले पछि रहेको छ ।
दुई खेल कम खेलेको लिभरपुलले आजै वेस्ट ह्यामको सामना गर्दैछ । १९ खेलबाट सिटीले ९ खेलमा जित, ४ खेलमा बराबरी र ६ खेलमा हारसहित ३१ अङ्क बटुलेको छ । १७ खेलबाट लिभरपुलको ४२ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण