मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
सोमबार, १५ पुस २०८१, ०६ : ४३

मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो ।
घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्