सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ । पदावधिका कारण अवकाश हुन लागेका सशस्त्रका चार जना डीआईजीलाई थमौती गर्न प्रस्ताव गरिएको छ । डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने– ‘सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छौँ ।’
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए उनीहरू पुस २३ मा अवकाशमा जान्छन् ।
म्याद थपको प्रस्ताव भएका कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन् । गणेश ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत छन् ।
उनीहरू कार्यक्षेत्र छाडेर राजनीतिक लबिङ र बिचौलियामार्फत म्याद थप गराउने चलखेलमा लागेको भन्दै सशस्त्र भित्रका उच्च अधिकृतहरू असन्तुष्ट छन् । नयाँ विधेयक संसदमा तत्काल दर्ता भएमा आईजीपी र एआईजी हुने अभिलाषाले उनीहरूले ‘अस्वस्थ चलखेल’ गरेको आरोप छ ।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चारवर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही व्यवस्थालाई टेकेर भावी नेतृत्व नै हत्याउने गरी उनीहरू दौडमा निस्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण