सहपाठीको हत्या गर्ने किशोरलाई चीनमा आजीवन कारावास
बेइजिङ । चीनको एउटा अदालतले एक किशोरलाई आजीवन कारावासको सजाय सुनाएको छ । गत मार्चमा सहपाठीको हत्या गरेको मामिलामा सोमबार अदालतले १३ वर्षका झाङ र ली थर भएका किशोरलाई सजाय सुनाएको हो । किशोरहरू हपेई प्रान्तका थिए । यी दुवैमाथिको सहपाठी वाङलाई मार्ने अनि उनीसँग भएको पैसा आपसमा बाँड्ने षडयन्त्र रहेको अभियोग सिद्ध भएको थियो ।
अभियुक्तहरूले वाङलाई साबेलले हानेर मारी उनलाई लावारिस रूपमा ग्रिन हाउसमा पुरेको सोमबार अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यी दुवैले अपनाएको तरिका क्रूर र घिनलाग्दो भएको अदालतको ठहर छ । अदालतले झाङलाई आजीवन कारावास र लिलाई १२ वर्षको जेल सजाय सुनाएको छ । पहिलोपटक यो घटना सार्वजनिक भएपछि सर्वसाधारणमा आक्रोश देखिएको थियो ।
वाङलाई लामो समयदेखि तीन जना सहपाठीले सताउने गरेको उनको परिवार र वकिलले मार्चमा भनेका थिए । घटनामा मुछिएका मा थर भएका तेस्रो किशोरलाई भने अदालतले कुनै पनि सजाय सुनाएको छैन । मार्च ३ मा झाङले वाङलाई स्कुटरमा राखेर ग्रिन हाउसमा ल्याएका थिए । ली र मा भने अर्को स्कुटरमा आएका थिए । बाटोमा आउँदै गर्दा लिले मालाई वाङलाई मार्न झाङ्गले बनाएको योजनाबारे बताएका थिए । चारै जना ग्रिनहाउसमा आइपुग्दा झाङले साबेल लिएर वाङलाई पिट्न थाले ।
यो काममा लिले पनि सघाए । मा भने केहीबेरमै फर्किए । त्यसपछि झाङ्ग र ली मिलेर पीडितलाई ग्रिनहाउसभित्रै माटोमा पुरिदिए । वाङको मोबाइल फोनमा भएको पैसा झाङ्गले आफ्नो विच्याट एकाउन्टमा सारे । सिम चाँहि आफैँसँग राखेर फोन फुटाएर फालिदिन मालाई दिए । यस घटनामा सोधपुछको क्रममा प्रहरी तीनै जना किशोरसम्म पुगेको थियो । माले नै प्रहरीलाई अपराध भएको ठाउँसम्म लगेको बताइएको छ । यस घटनामा झाङ्ग मुख्य दोषी भएकोले उनलाई आजीवन कारावासको सजाय सुनाइएको अदालतले भनेको छ । मालाई भने सुधार गृह पठाइने फैसला अधिकारीहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण