विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम भएको बताएका छन् ।
अखिल क्रान्तिकारीमा शनिवार भएको मतदानबाट ३२ वर्षे उमेर हद लगाउने पक्षले जितेको थियो । सो निर्वाचनको नतिजा घोषणापछि सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले विद्यार्थी संगठनको नतिजाले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने बताएका छन् ।
‘विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ’, शर्माको भनाइ छ ।
उनले पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण भएको उल्लेख गर्दै इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो सम्भव रहेको बताएका छन् ।
‘पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट–विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन’, शर्माको भनाइ छ ।
एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य आफ्नो भएको शर्माले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण