सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समिति बैठकले पन्दाकलाई सीईओमा नियुक्त गरेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
पन्दाक यसअघि सीडीएससीकै बोर्ड सदस्य थिइन् । उनीसँग नेप्सेमा लामो समय सेवा गरेको अनुभव छ । उनको जन्मस्थान ताप्लेजुङ हो । उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् ।
पन्दाकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि पटक पटक प्रतिस्पर्धा गरेकी थिइन् । उनी धेरैपटक सर्टलिस्टमा परेर पनि उनी नियुक्त हुन वञ्चित हुँदै आएकी थिइन् ।
सीडीएससी नेपाल स्टक एक्सचेञ्जकै भगीनी संगठन हो । नेप्सेका सीईओ एक्त कम्पनीको अध्यक्ष रहने व्यवस्था छ । उक्त कम्पनीले दोस्रो बजारमा सूचीकृत सम्पूर्ण शेयरको निक्षेप राख्ने र कारोबार वा हस्तान्तरण भएका सेयरको क्लियरिङ गर्ने काम समेत गर्छ ।
सीडीएससी अन्तर्गत हाल १२ निक्षेप सदस्य, २४८ रजिष्टर्ड कम्पनी, ६५ लाख ६ हजार डिम्याट खाता, ३७ लाख ६१ हजार मेरोसेयर प्रयोगकर्ता र १४ अर्ब ४ करोड कित्ता सूचीकृत सेयर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण