विभिन्न जिल्लाबाट लागू औषधसहित चार जना पक्राउ
काठमाडौँ । विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित चार जना पक्राउ परेका छन् । बर्दिया, झापा र कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–४ ई गाउँ बस्ने २५ वर्षीय निल कमल बड र उनकै श्रीमती २१ वर्षीया दिपिका बोहरा रहेका छन् । प्रहरी चौकी कालिका र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका–४ बस्ने २१ वर्षीय पर्शुराम राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कैलालीको धनगढी उपमहानगरपालिका–२ वैयावेहडी बस्ने ३० वर्षीय रोहित थापालाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैहरको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण