नख्खुडोल घटना : तार चोर्न जाँदा हाइ भोल्टेज करेन्ट लागेर १ जनाको मृत्यु
काठमाडौँ । ललितपुर महानगरपालिका–२५ स्थित नख्खुडोलमा मध्यराति ३ जना चोर्न गएका थिए । तामाको तार चोर्ने क्रममा हाइ भोल्टेज करेन्ट प्रवाह भएर एक जनाको मृत्यु भएको छ ।
घटना १५ दिन अघिको हो । चोरीमा संलग्न दुई जना पक्राउ परेपछि घटनाको तथ्य खुलेको छ । पुस १ मा तार चोर्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा धादिङ घर भएका ३२ वर्षीय केशर बहादुर घले छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका ४१ वर्षीय भुवन बहादुर कार्की र काभ्रेको खानीखोला घर भएका १७ वर्षीय किशोर घलेसँगै तामाको तार चोर्न गएका हुन् । अर्थिङ गरेको तार काट्न घले ट्रान्सफर्मरमा चढेर काट्ने प्रयास गर्दा करेन्ट लागेर सडकमा ढले । त्यसपछि सँगै गएका दुई जना फरार भए । उनीहरूले कैँचीको प्रयोग गरेर तार काट्ने प्रयास गरेका थिए । सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर दुईजनालाई पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।
उनले भने, ‘एक जनाको भवितब्यका कारण मृत्यु भएपछि दुई जना भागेका अनुसन्धानबाट थाहा भएको छ ।’ पक्राउ परेका दुई जना विरुद्ध प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण