श्रम ऐन संशोधनका लागि मन्त्रालयले माग्यो सुझाव
मङ्गलबार, १६ पुस २०८१, १८ : २६
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनको तयारी थालेको छ । त्यसका लागि कार्यदल नै गठन गरेर संशोधन मस्यौदा तयार पार्न लागेको हो ।
मन्त्रालयले ऐनमा संशोधन गर्नुपर्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । कुन दफा/उपदफा/खण्ड संशोधन गर्नुपर्ने र त्यसको कारण प्रष्ट उल्लेख गरेर मन्त्रालयमा पेस गर्न भनेको छ ।
विद्यमान श्रम ऐन, २०७४ संशोधनका लागि श्रममन्त्री स्तरीय निर्णय गरेर संशोधन मस्यौदा तयार गर्न श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा रोजगारदाता र श्रमिक संगठनको प्रतिनिधि समेत सदस्य छन् ।
संशोधनका लागि सुझाव पेस गर्न इच्छुक व्यक्तिहरूबाट सुझाव माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण