ड्रोन हमलामा हमासका कमान्डर अब्द अल–हादी सबाको मृत्यु
तेल अभिभ । हमासका कमान्डर अब्द अल–हादी सबा हालैको ड्रोन आक्रमणमा मारिएको इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले मंगलबार पुष्टि गरेको छ । सबा २०२३ को अक्टोबर ७ मा किबुत्ज नीर ओजमा भएको आक्रमणको मुख्य आरोपी थिए । आईडीएफका अनुसार हमास कमान्डर सबाले सो नरसंहारको क्रममा किबुत्ज नीर ओजमा आक्रमणको नेतृत्व गरेका थिए ।
हमासको पश्चिमी खान युनिस बटालियनका नुखबा प्लाटुन कमान्डर सबाको दक्षिणी गाजाको खान युनिस क्षेत्रमा मृत्यु भएको आईडीएफले बताएको छ । गुप्त सूचनाका आधारमा यो आक्रमण गरिएको थियो । यसअघि, शिन बेट (इजरायलको जनरल सेक्युरिटी सर्भिस)को सहयोगमा १४ हमास लडाकु मारिएका थिए ।
यीमध्ये ६ जना अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी भएको बताइएको छ । यी कारबाही गाजापट्टीमा आईडीएफको १६२ औ स्टील डिभिजनको चलिरहेको गतिविधिको हिस्सा भएको बताइएको छ ।
अक्टोबर ७ को आक्रमणमा भाग लिने आतंककारीहरूलाई पत्ता लगाउन र ती सबैलाई सिद्ध्याउन १६३औँ डिभिजनले जबलिया र बेट लाहिया क्षेत्रहरूमा आईडीएफ र शिन बेसँग मिलेर काम गरिरहेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आतंकवादी हमलामा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए । २५० भन्दा बढीलाई बन्धक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण