बर्दिबासमा ३ छात्राले सँगै विष खाए, एक जनाको मृत्यु
काठमाडौँ । महोत्तरीको बर्दिबासमा ३ जना छात्राले सँगै विष सेवन गरेका छन् । विष सेवन गरेर माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटिएका ३ जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा छिन् ।
महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवको उपचार भइरहेको महोत्तरीको एसपी नुकल पोखरेलले रातोपाटीलाई बताए । उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी हुन् ।
परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार गराइरहेका दुई जनाको अवस्था सुधार भएको छ ।
पुस १५ मा छुट्टीको दिन उनीहरूले विष सेवन गरेका हुन् । जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण