पत्रकार सम्मेलन
केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा विरोध गर्ने ७ जना नेतालाई भीम रावलले दिए धन्यवाद
बुधबार, १७ पुस २०८१, १३ : ४४
-001_xWhXJnwkU5.jpg)
काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताएका छन् । कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई उनले धन्यवाद दिएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।’
रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित