लुम्बिनी प्रदेशसभा पाँचौँ अधिवेशनको दोस्रो बैठक जारी

बुटवल । लुम्बिनी प्रदेशसभा पाँचौँ अधिवेशनको दोस्रो बैठक दिउँसो सवा १ बजेबाट सुरु भएको छ । अहिले प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने क्रम जारी छ ।
आजको बैठकमा प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएको दुई वटा विधेयक सम्बन्धी प्रस्ताव पेस हुनेछ । मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिको रूपमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए ।
यस्तै प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
-
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
-
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ
-
कांग्रेस नेता महेश कोर्मोचाको निधन
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’