बुमराहले बनाए नयाँ रेकर्ड
काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराहले आईसीसी टेस्ट वरीयतामा कुनै पनि भारतीय बलरले हासिल गरेको सबैभन्दा धेरै रेटिङ अङ्कको कीर्तिमान बनाएका छन् । मेलबर्न टेस्टमा सफल प्रदर्शन गरेका बुमराहले ९ विकेट हात पार्दै थप अङ्क बटुल्न सफल भएका हुन् ।
यसअघि उनी ९०४ अङ्कसहित आईसीसी टेस्ट बलरको वरीयतामा शीर्ष स्थानमा रहेका थिए । उनले त्यतिबेला रवीचन्द्रन अश्विनले बनाएको रेकर्ड बराबरी गरेका थिए । अहिले उनको अङ्क ९०७ पुगेको छ । उनी सबैभन्दा धेरै अङ्क बटुल्ने बलरको सूचीमा १७ औँ स्थानमा पुगेका छन् ।
यो सूचीमा इंग्ल्याण्डका बलर सिड्नी बार्नस् (९३२) अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यसपछि इंग्ल्याण्डका जर्ज लोमान (९३१), इमरान खान (९२२) र मुथैया मुरलीधरन (९२०) शीर्ष चार स्थानमा रहेका छन् । बुमराह आईसीसी अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी र सर गारफिल्ड सोबर्स ट्रफीका लागि छनोट भएका छन् ।
सन् २०२४ मा, बुमराहले सबै तीन ढाँचामा संयुक्त रूपमा सबैभन्दा धेरै ८६ विकेट लिए । उनले १३ टेस्ट खेलेर सर्वाधिक ७१ विकेट लिएका थिए । उनको औसत १४.९२ मात्र थियो। ४५ रनमा ६ विकेट लिनु उनको एक इनिङ्सको उत्कृष्ट प्रदर्शन थियो ।
उनको बलिङले भारतलाई टी (२) विश्वकप जिताउन पनि मद्दत गर्यो। उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट भए । उनले प्रतियोगिताको ८ खेलमा जम्मा १५ विकेट लिए । उनले गत वर्ष एउटा पनि एकदिवसीय खेलेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण