दुई तिहाइ बढी होटल रेष्टुरेन्टलाई बैंकले अझै पत्याउँदैन ऋण
काठमाडौँ । नेपालमा सञ्चालित दुई तिहाई भन्दा धेरै होटल तथा रेष्टुरेन्ट अझै ऋणको दायराबाट बाहिर रहेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले ७१.६ प्रतिशत बराबरका यस्ता संस्थाहरु यो दायराबाट बाहिर देखिएका छन् । बाँकी रहेका २८.४ प्रतिशतले मात्रै ऋण लिएका छन् ।
ऋण लिनेको यो संख्या बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा सहकारी संस्था समेतको हो । अहिले बैंकिङ क्षेत्रमा तरलता तथा लगानीयोग्य रकम फालाफाल भइरहेको अवस्था छ । यो तथ्यांक भने २०८० को सर्भेक्षणमा आधारित हो ।
कार्यालयका अनुसार अहिले देशभर आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । यो क्षेत्रमा १ लाख ६ हजार ४५९ जना तलबी कर्मचारी सहित ३ लाख ८७ हजार ७४७ जना व्यक्ति आवद्ध रहेको देखिएको छ ।
वार्षिक ३ खर्व २६ अर्ब १ करोड ४ लाख बराबरको वस्तु तथा सेवाको बिक्री गर्ने ती संस्थाको लागत २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो अवस्थाले ती संस्थाले गर्ने मूल्य अभिवृद्धि १ खर्व ९ अर्ब २७ करोड १ लाख बराबर रहेको देखिन्छ । उनीहरुले कर्मचारीका लागि जम्मा खर्च करिब रु २० अर्ब ६१ करोड ५० लाख रहेको छ ।
प्रतिष्ठानहरुसँग सर्भेक्षणको समयमा ५ खर्व ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण